पुजाको कर्तुत सबै बाहिरियो, पुर्व सासुले पुजाको छोरालाई अगाडी राखेर भनिन् ६ महिनाको बच्चा फालेर गइ पुजा (भिडियो)

६७ बर्षे वृद्ध संग बिहे गरेर चर्चामा आएकी २१ बर्षे पुजाको पाँच बर्षका छोरा र पुजाकी पुर्वसासु मिडियामा आएका छन । सानैमा छाडेर गएकी पुजाको छोरोको ६ महिनाको हुदादेखी पालेकी पुजाकी पुर्वसासु आमाले पुजाको नालीबेली बताएकी छिन । पुजाले सानै उमेरमा आफ्ना छोरासग भागेर बिबाह गरेकी र एक बर्षपछि छोरो जन्मियो । केही समय पछि पुजाले घर छाडेर हिडेपछी त्यसको केही दिन नबित्दै पुजाका पुर्व श्रीमान अर्थात आफ्ना छोराले पनि घर छाडेर हिडेको उनले बताइन ।

भावुक हुँदै पुजाकि पुर्व सासुले आफुले गरेका दुख पीडा अनि छोराले छाडेर गएपछी बेपत्ता भएको र अहिलेसम्म कतैबाट सम्पर्क पनि नगरेको सुनाइन । पुजाले पहिल्यैबाट आफुले धनी केटासँग बिहे गर्ने बताउदै हिड्ने गरेको कुरा पनि उनले खुलाइन । पुजाले सानैमा छोडेर गएको छोरालाई स्याहार गर्दै गरेकी उनले छ महिनाको बच्चालाई अहिले पाँच बर्षको बनाइन ।

धेरै कुरा बुझ्ने अनि ठूलो मान्छेको जस्तो व्यबहार गर्ने ती बच्चाको बानी देख्दा आफू पनि छक्क पर्ने बताउछिन । पुजा अथवा उनका श्रीमानले उनिहरुको बच्चा लैजाने कुरा गर्दा उनले भावुक हुँदै “आफुले छ महिनाको हुदादेखी हुर्काएको मेरो छोरोलाई अब म कसरी दिन सक्छु बरु म:र्न तयार छु तर बाबुलाई कसैलाई दिन्न । सानो हुदा फालेर हिडेका उनीहरुलाई अहिले म कुनै हालतमा दिन्न ” भन्दै आखाभरी आशु बनाइन ।

पुजाले अहिले ६७ बर्से वृद्धसंग बिहे गरेको कुरा बारे उनले भनिन “धनी मान्छे भेटेर गइ होला । उसको जीवन सधै खुशीसाथ बितोस । मैले छ महिनाको बच्चालाई छोरा कति दुख गरेर हुर्काए अब त म म:र्छु बरु तर छोरा दिन्न । जस्तोसुकै मुद्दा लड्न जे गर्न नि तयार छु । मेरो मुटुको टुक्रा म बाट नछुटाउन पनि उनले आग्रह गरिन । भावुक हुँदै उनले सुरुदेखि अहिलेसम्म पुजाले गरेका सम्पुर्ण कुराहरू यसरी बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *